Tuesday, 7 September 2010
नेपालमा गुणस्त्तरीय मिडियाको अभावका लागि जिम्मेवार पत्रकार
मिडियालाई जादुको ऐना भनिन्छ । यसमा स–साना कुरालाई बहसका ठूलो मुद्दा बनाउने र ठूल–ठूला मुद्दालाई सामान्य कुराका रुपमा परिणत गर्न सक्ने अदम्य सामथ्र्य छ । वर्तमान समय सूचनाको युग हो । सूचनाले मानिसका आधारभूत आवश्यकता गा“स, वास, कपास पछिको स्थान लिनुमा सफल भएको छ । अधिकाधिक सूचना भएको मानिस नै शक्तिशाली मानिने अहिलेको समयमा सूचना संप्रेषण गर्ने काममा सशक्त भूमिकामा देखापरेको छ मिडिया । आज मानिसहरु जब मिडिया मार्पmत्को सूचनामा निर्भर छन् तब यसको जादुगरी क्षमतामा पनि झन् वृद्धि हुनु स्वाभाविकै हो ।
भनिन्छ पत्रकारिता सत्यको खोजी हो । सत्यसम्म पुग्न नसके पनि त्यसको नजिक रहेर पत्रकारिता गर्नुपर्दछ । तर वर्तमान समयमा नेपाली पत्रकारिता जगतमा यस भनाईको स्वरुप नै परिवर्तित भएको छ । पत्रकारिताका आप्mनै केही मूल्य–मान्यता छन् जसलाई पालना गर्नु हरेक पत्रकारको कर्तव्य हो । तर कर्तव्यपालनामा पछाडि परेका छन् नेपाली पत्रकार ।
राजनीतिबाट ग्रसित भई पार्टीवाद तिर लम्केको छ नेपाली मिडिया । जहा“ समाचारपत्रहरु आ–आप्mना रोजाई अनुसार पार्टीहरुका मुखपत्र बनेका छन् भने प्रसारण पत्रकारिता पनि राजनीति प्रभावबाट टाढा रहन् सकेको छैन । बढ्दो प्रतिस्पद्र्धाले मिडियालाई बजारीकरण तर्पm उन्मुख गरेको छ । एकअर्कालाई मात दिने प्रतिस्पर्धामा मिडिया हाउस र त्यसमा कार्यरत पत्रकार जे पनि गर्न तत्पर देखिन्छन् ।
आप्mना निहीत स्वार्थ पूर्तिका लागि पत्रकारहरुले आप्mनो पेशाको नैतिकता विपरीत कार्य नगरेका होइनन् । यस पेशामा कतिपय यस्ता व्यक्ति रहेका छन् जसले पत्रकारको हथियारका रुपमा चिनिने कलमलाई सत्यका लागि नभई आप्mना निहीत स्वार्थ पूर्तिका लागि चलाएका छन् । भन्ने गरिन्छ ‘एउटा माछाले पूरै पोखरीलाई फोहर गर्छ’ त्यस्तै अपवादका रुपमा भेटिएका यस्ता व्यक्तिहरुका कारण पत्रकारिता क्षेत्र बदनाम भएको छ भने पत्रकारहरुको छवि बिग्रेको छ ।
‘पत्रपत्रिकाको एक मात्र कर्तव्य जनसेवा हो’ महात्मा गा“धीका यो भनाईले मिडियाको कर्तव्यलाई स्पष्ट पारे पनि नेपाली मिडियाको कर्तव्यपरायणतामा अस्पष्टता नै देखिएको छ । पत्रकारिताका लागि आवश्यक साधनका रुपमा प्रयोग हुने मिडिया आज सार्वजनिक पहरेदार अर्थात् पत्रकारहरुका कारण नेपाली मिडिया आप्mनो गुणस्त्तर गुमाउन बाध्य भएको छ ।
जनसाधारण र जिम्मेवार निकायका बीच पुलको भूमिका निर्वाह गर्ने मिडियालाई उसको वास्तविक पहिचान दिलाउनका निम्ति कार्यसूचि निर्धारण गर्ने पत्रकारहरुले सशक्त भूमिका खेल्नु पर्छ । नाफा, बजारीकरण र निहीत स्वार्थबाट माथि उठेर समाज, देश र जनताको वास्तविक सेवाका लागि कलम चलाउनु र आवाज उठाउनु पर्ने आवश्यक छ ।

Saturday, 4 September 2010
u tube
http://www.youtube.com/v/tSo6wCgnsaA?fs=1&hl=en_US">http://www.youtube.com/v/tSo6wCgnsaA?fs=1&hl=en_US" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="480" height="385">
Subscribe to:
Comments (Atom)